कोरोनाको नयाँ भेरिएन्ट 'ओमिक्रोन'ले कसैलाई नछाड्ने भन्दै भारतका एक डाक्टरद्वारा परिवारकै हत्या

Posted on: 04 Dec, 2021

मङ्सिर १८, काठमाडौँ | एजेन्सी | भारतमा एक डाक्टरले आफ्नो श्रीमती सहित दुई बच्चाको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कानपुरमा यो घटना हिजो शुक्रवार साँझको हो । डाक्टरको नाम सुशील कुमार हो । प्रहरीको अनुसार, घरमा पत्नी, छोरा र छोरीको लाश भेटिएको छ । डाक्टरले मृतकहरुसंगै एक नोट पनि छोडेका थिए । जसमा लेखेका थिए कि कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन आएपछि अब अरु लाश गन्नु छैन । यसले सबैलाई मार्छ । डाक्टरले यो पनि लेखेका छन् कि उनलाई कोविड रिलेटेड डिप्रेशन छ ।

प्रहरीले डा. सुशील कुमारलाई गिरफ्तार गर्न सकेको छैन । उनले घटना घटाएर फरार भएका छन् । घटना स्थलमा भेटिएको नोटको कारण भनिएको छ कि उनले यो कदम कोरोनाको डिप्रेशन र ओमिक्रोनको कारण उठाएका हुन् । उनका जुम्ल्याहा भाई सुनीलको अनुसार, डा. सुशील केहि समयदेखि डिप्रेशनको सिकारमा थिए ।

डा. सुशील कानपुरमा इन्द्रानगरको डिविनिटी अपार्टमेन्टमा बस्दै आएका थिए । पत्नी चन्द्रप्रभाको उमेर ४८ बर्षको थियो । भने छोरा शिखर (१८ बर्षका) र छोरी खुशी (१६ बर्षकि) थिइन् । प्रहरीले ड्रिप्रेशनको अलावा हत्याको दोश्रो कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।

माथिको तस्वीरमा: डा सुशील र उनको श्रीमती

माथिको तस्वीरमा: डा सुशीलका छोरा र छोरी

हत्यापछि डा. सुशील कुमारले आफ्नो भाई सुनीललाई म्यासेज पठाएका थिए । शुक्रवार साँझ ५:३२ बजे पठाइएको म्यासेजमा लेखिएको थियो कि 'प्रहरीलाई इन्फर्म गर, मैले डिप्रेशनमा हत्या गरेको छु ।' म्यासेज पढेपछि सुनील उनको घर पुगेका थिए । ढोका भित्रबाट बन्द थियो । ढोका तोडेर भित्र पस्दा चन्द्रप्रभा, शिखर र खुशीको लाश भेटिएको थियो । प्रहरीको अनुसार डाक्टरले पहिले पत्नीको सिरमा कुनै भारी चीजले प्रहार गरेका थिए । 

डाक्टरले लेखेका थिए मार्नुको कारण 

डाक्टरले लेखेका थिए- 'अब अरु कोभिड होइन, यो कोभिड ओमिक्रोनले अब सबैलाई मार्छ । अब अरु लाश गन्नु छैन । आफ्नो लापरवाहीको कारण करियरको त्यस ठाउँमा फसेको छु, जहाँबाट निक्लन असम्भव छ । मेरो कुनै भविष्य छैन । म आफ्नो होश-हवासमै आफ्नो परिवारलाई सिध्याएर आफै मर्दैछु । यसको जिम्मेवार अरु कोई होइन । म रोगबाट ग्रसित छु । आगामी भविष्य केहि पनि देखिरहेको छैन । यसको अलावा मसँग कुनै उपाय छैन । म आफ्नो परिवारलाई कष्टमा छोड्न सक्दिन । सबैलाई मुक्तिको मार्गमा छोडेर जाँदैछु । सबै कष्टलाई एकै पलमा टाढा गर्दैछु । मेरो पछाडी कसैलाई कष्टमा देख्न सक्दिन । मेरो आत्माले मलाई कहिलै माफ गर्नेछैन ।'


डा. सुशील कुमार रामा मेडिकल कलेजमा फरेन्सिक विभागका हेड अफ डिपार्टमेंट (HOD) हुन् । उनि कानपुर मेडिकल कलेजका छात्र थिए । १५ बर्ष अघि उनले GSVM बाट MBBS गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!