युएईको आवुधावीमा ड्रोन हमला, साउदी नेतृत्वको गठबंधनद्वारा मध्यरातमा बदला

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | साउदी अरवको नेतृत्व रहेको गठबंधनले यमनको हूती विद्रोहिहरु बिरुद्ध मोर्चा खोलेको छ । गठबन्धनको फाइटर जेटहरुले मंगलवार आधी रातमा यमनको राजधानी सनामा हूती केन्द्रमा बम प्रहार गरेको छ । विद्रोहिहरुले सोमवार संयुक्त अरब इमिरेट्स (UAE) को राजधानी आबुधाबीमा ड्रोन अट्याक गरेको थियो । आबुधाबीको अन्तराष्ट्रिय एयरपोर्ट र तेल डिपो नजिकै भएको हमलामा २ भारतीय नागरिक सहित ३ जनाको मृत्यु भएको थियो ।

साऊदीको अगुआई भएको गठबन्धन सेना र हूती विद्रोहिहरुको बीच लामो समयदेखि संघर्ष जारी छ । यो संघर्षको शुरुवात २०१५ मा हूती विद्रोहिहरुद्वारा यमनको राजधानी सनामा कब्जा भएपछि भएको थियो । साऊदी गठबन्धन सेनाले यसै बर्ष उनीहरुबिरुद्ध सैन्य कारवाही गरेको थियो । 

को हुन् हूती विद्रोहि ? 

शिया इस्लाम धर्म मान्ने हूती विद्रोहिद्वारा उत्तरी यमनको अधिकांश क्षेत्र कब्जामा छ । यिनीहरु त्यस क्षेत्रमा सुन्नी इस्लामको  सलाफी विचारधाराको विरोध गर्छन् । २०१५ मा यमनको राजधानी सनामा हूती विद्रोहिहरुले कब्जा गरेपछि राष्ट्रपति अब्दरबू मन्सूर हादी देश छोडेर भागेका थिए । साऊदी अरब हादीको समर्थन गर्छ, यसै कारण उसले विद्रोहिको बिरुद्ध हवाई हमला गर्छ । मानिन्छ कि यमनको सेनाको एक हिस्सा पनि विद्रोहिकै सपोर्टमा छन् ।


हूती विद्रोहीहरु शिया इस्लाम मान्छन् । यसै कारण ईरानलाई आरोप लाग्छ कि इरानले यी विद्रोहिहरुलाई हौशला दिएको छ । ईरान र हूती विद्रोही दुवै शिया इस्लाम मान्छन् । यसै कारण ईरानलाई आरोप लाग्ने गरेको छ कि उसले हतियार र पैसा दिएर हुति बिद्रोहीको मद्दत गरिरहेको छ । ईरान र साऊदी दुवै देश इस्लामी संसारको मुखिया बन्न चाहन्छन् । ईरान तिनै विद्रोहिहरुको मद्दतले यमनमा शिया सरकार स्थापित गर्न चाहन्छ, जबकि सुन्नी विचारधारा म्मन्ने साउदी उनिहरुलाई रोक्न खोज्दैछ ।

सेप्टेम्बर २०१९ मा हूती विद्रोहिहरुले साऊदी अरबको दुई तेल संयन्त्रमा हमला गर्ने दावी गरेका थिए । जसको कारण विश्वभर  तेलको बजारमा प्रभाव परेको थियो । एक अध्ययनको अनुसार, हूती विद्रोहको कारण अहिलेसम्म ७० हजार बढी मानिसहरुको मृत्यु भईसकेको छ ।

हूती विद्रोहिहरुले २०१९ मा साउदी अरबको तेल कम्पनी अरामकोका दुई ठूला रिफाइनरीमा ड्रोन हमला गरेका थिए ।

सोमवार भएको ड्रोन हमलालाई लिएर अधिकारीहरुले इमिरेट्स न्यूज एजेन्सी (WAM) लाई बताएका छन् कि तेल कम्पनी ADNOC को गोदामसँगै मुसाफा इन्डस्ट्रियल एरियामा फ्यूल ट्यांकरमा विस्फोट भएको छ । त्यसको साथै आबुधाबी इन्टरनेशनल एयरपोर्टसंगै कन्स्ट्रक्शन साइटमा पनि आगो लागेको छ ।

प्रहरीका अनुसार शुरुवाती अनुसन्धानमा सानो विमानको केहि टुक्रा फेला परेको छ । हुन सक्छ कि त्यहि ड्रोन हो र यसैको कारण ट्यांकर विस्फोट भए र एयरपोर्टमा आगो लाग्यो । अधिकारीहरुको अनुसार यो हमलाको कारण धेरै क्षेती भने भएको छैन । यमनका हुथी विद्रोहीहरूले विस्तृत संयुक्त अरब इमिरेट्सलाई लक्षित गरी आक्रमणको जिम्मेवारी लिएका छन् । 

तश्वीर स्रोत: रोयटर्स

यस बिषयमा तपाइको प्रतिक्रिया...!