स्पेसएक्सले बनायो ५२ ओटा रकेट अनेतरिक्षमा पठाउने योजना

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | एजेन्सी | स्पेसएक्सले यो वर्ष ५२ ओटा रकेट उडान गर्ने योजना बनाएको छ।अमेरिकी अन्तरिक्ष नियोगको सुरक्षा प्यानलले हालै एक बैठकका बीच उक्त तथ्य बाहिर ल्याएका हुन्।यसअघि एकै वर्षमा सबैभन्दा बढी ३१ ओटासम्म रकेट प्रक्षेपण गरिएको रेकर्ड छ।

योजना सफल भएको खण्डमा यो कुनै पनि संस्थाले एक वर्षमा गरेको सबैभन्दा प्रक्षेपण हुनेछ।यो योजनाका बारेमा हालै सम्पन्न एएसएपी अर्थात् नासाको एरोस्पेस सेफ्टी एडभाइजरी प्यानलको बैठकमा दिइएको हो।

यो प्यानलले सामान्यताया: अन्तरिक्ष एजेन्सीलाई ठूला योजना तथा कार्यक्रमका बेला कसरी सुरक्षात्मक उपाय अपनाउने भन्नेबारे मार्गनिर्देश गर्दछ।

‘नासा तथा स्पेसएक्सले २०२२ मा आफ्ना पछिल्ला सफलताको शिकार नबन्नका लागि चनाखो हुनुपर्ने देखिन्छ’, नासाका पूर्व अन्तरिक्षयात्री तथा हाल उक्त प्यानलका सदस्य रहेका स्यान्डी म्याग्नसले भने।

उनले स्पेसएक्सले १ वर्षभित्रमा ५२ ओटा प्रक्षपण गर्ने योजना बनाएको र यो निकै अभूतपूर्व गति रहेको पनि उल्लेख गरेका छन्।

स्पेसएक्स नासाको मानवयुक्त अन्तरिक्ष प्रणेपणको एउटा मुख्य साझेदार हो। यो कम्पनीले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा आफ्नो क्रू ड्रागन स्पेसक्राफ्टका माध्यमबाट नासाका अन्तरिक्षयात्री तथा कार्गो ल्याउने/लाने उत्तरदायित्व पाएको छ।

हाल कम्पनीले नासाको आर्टेमिज प्रोग्राम अन्तर्गत मानिसहरुलाई चन्द्रमाको सतहमा अवतरण गराउन स्टारशिप नामक एउटा नेक्स्ट जेनेरेशन रकेट सिस्टमा बनाइरहेको द भर्जले उल्लेख गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!