जोनी डेपलाई क्षतिपूर्ति तिर्न एम्बर हर्डले बेचिन् घर

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | हलिउड अभिनेता जोनी डेप र अभिनेत्री एम्बर हर्ड हाल व्यक्तिगत जीवनका कारण चर्चामा छन्। केही समयअघि घरेलुहिसांंको आरोपमा एम्बरले पूर्वपति जोनीलाई मुद्दा हालेकी थिइन् भने जोनीले पनि पनि हर्डविरुद्ध मानहानीको मुद्दा हालेका थिए।


उक्त मुद्दामा जोनीको जित भएपछि अदालतले एम्बरले १० मिलियन डलर क्षेतिपूर्ति भर्नुपर्ने फैसला गरेको थियो। पिपुल अनलाइनका अनुसार अदालतले पुनः क्षतिपूर्ति छिद्मै भर्न लिखित रूपमा आदेश पत्र पठाएपछि एम्बरले सोही रकम तिर्नका लागि क्लालिफोर्नियामा रहेको आफ्नो घर बेच्नुपरेको छ।

समाचारमा जनाइएअनुसार यसअघि जोनीका वकिलले जोनीले गुमाएको सम्मानका लागि केस लडेकाले उक्त मुद्दा नचर्काएको खण्डमा क्षतिपूर्ति नलिन सक्ने बताएका थिए। तर, अदालतको पुनः आदेशपछि एम्बरले करिब ६ एकडमा फैलिएको घर १.५ मिलियन डलरमा बेचेकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!