चीनले ताइवानको तट नजिकै ठूलो सैन्य अभ्यास रोकेन, बतायो यस्तो कारण

Posted on: 08 Aug, 2022

साउन २३, काठमाडौँ | एजेन्सी | चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताइएको थियो । अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यास सुरु गरेको थियो ।

China announces military exercises in areas near Taiwan in South and East  China seas | The Japan Times

चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यसलाई अनुचित व्यवहार बताउँदै यसो गर्दा क्षेत्र खतरामा पर्ने बताएको छ ।

चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मान्छ । एक चीन नीति अन्तर्गत चीन कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन ।

गत हप्ता अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको चीनले कडा विरोध गरेको छ । चीनले यो भ्रमणलाई ‘एक चीन नीति’ विरुद्ध ठानेको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकाको कुनै ठूलो नेता ताइवान पुगेको यो पहिलो पटक हो ।

चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ ।

चीनका उपविदेशमन्त्री शि फेङले यसलाई दुर्भावनापूर्ण भनेका छन् र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीनले हात बाँधेर नबस्ने पनि बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!