किर्गिस्तान-ताजिकिस्तान सीमामा झडप हुँद लगभग ३० को मृत्यु

Posted on: 17 Sep, 2022

असोज १, एजेन्सी | किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा लडाइँ भइरहन्छ ।

हप्ताको सुरुमा सुरु भएको नयाँ झडप शुक्रबार पनि जारी रह्यो, यद्यपि दुई देशले युद्धविरामका सहमति जनाएका थिए । दुवै पक्षले हिंसा सुरु गरेको र युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन् । किर्गिजस्तानमा हालसम्म २४ जनाको मृत्यु भइसकेको किर्गिज स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

ताजिकिस्तानबाट प्राप्त प्रारम्भिक रिपोर्टहरूले त्यहाँ कम्तीमा तीन जनाको मृत्यु भएको बताएको छ।

हिंसाबाट बच्न झण्डै २०,००० मानिस आफ्नो घर छोडेर भागेका रेड क्रसको क्षेत्रीय शाखाले रिपोर्ट गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!