बाढी प्रभावित मानिसलाई सहयोग गर्न हलिउड अभिनेतृ जोली पाकिस्तानमा

Posted on: 21 Sep, 2022

असोज ५, इस्लामाबाद | एजेन्सी | हलिउड अभिनेत्री एन्जेलिना जोली पाकिस्तानमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न उक्त देशको भ्रमण सुरु गरेकी छिन् । एक्सप्रेस ट्रिब्युनका अनुसार अभिनेतृ जोलीले बाढी प्रभावित मानिसहरूबाट उनीहरूको आवश्यकता र भविष्यमा त्यस्ता पीडा रोक्नको लागि आवश्यक पहलबारे प्रत्यक्ष रूपमा कुराकानी गर्ने छिन् ।

'विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एन्जेलिना जोली पाकिस्तानको भ्रमणमा छिन्। देशभर भारी वर्षा र बाढीले ३३ मिलियन मानिसहरूलाई असर गरेको छ  । देशको एक तिहाइ पानीमा डुबेको छ', ट्रिब्युनको रिपोर्टमा भनिएको छ ।

बाढीका ५५१ बालबालिका र ३१८ महिलासहित मृत्यु हुनेको संख्या १ हजार ५ सय ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । पानी कम हुन थालेपछि देशभर मलेरिया, डेंगु ज्वरो, झाडापखाला, छालाको संक्रमणजस्ता भाइरल रोगका संक्रमण बढेका छन् ।  

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!