अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेर १४ समुद्री ह्वले मरे

Posted on: 21 Sep, 2022

असोज ५, सिड्नी | अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्र तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको  जनाएको छ । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए ।

राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेका फेला नपरेको जनाइएको छ ।  ‘ह्वेलको मृत्युको कारण दुस्साहस हुन सक्छ’, सरकारी संरक्षण निकायका वन्यजन्तु जीव वैज्ञानिक  क्रिस कार्लियोनले स्थानीय मर्करी अखबारलाई भने । 

सोमबार मृत फेला पर्नु अघि ह्वेलहरू सम्भवतः आइतबार आफैं समुद्र तटमा पुगेको उनले बताए । सन् २०२० मा पश्चिम तस्मानियामा ४७० ह्वेल फसेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!