विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा विरोध प्रदर्शन, कर्मचारीले गरे तोडफोड

Posted on: 23 Nov, 2022

मङ्सिर ७, काठमाडौँ । चीनमा रहेको विश्वको सबैभन्दा ठूलो आइफोन उत्पादन गर्ने कारखानामा भएको विरोध प्रदर्शनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यो कारखाना चीनको झेङझोऊमा छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सयौँ कर्मचारीले र्‍याली गरिरहेको देख्न सकिन्छ ।


आन्दोलनरत कर्मचारीलाई प्रहरीले रोकिरहेको पनि छ । प्रहरीले आफूमाथि कुटपिट गरेको आन्दोलनकारीको भनाइ छ ।

गत महिना कोरोना संक्रमित बढेपछि आइफोन निर्माता फक्सकनले कारखाना बन्द गर्नुपरेको थियो, जसका कारण केही कर्मचारीले कारखाना छाडेका थिए ।

कर्मचारीको अभावका कारण कम्पनीले नयाँ कामदारलाई राम्रो बोनस दिने वाचा गरेको थियो । फक्सकनले कारखानामा यी झडप बारेमा कुनै बयान जारी गरेको छैन ।

भिडियोमा आन्दोलनकारीले आफ्नो अधिकार बचाउनुपर्छ भन्दै आइरहेका छन् । कतिपय कामदारले रडले सिसिटिभी क्यामेरा र झ्यालका सिसा तोडेको पनि देखिन्छ ।

कर्मचारीहरूले यस प्रदर्शनलाई लाइभ स्ट्रिम पनि गरेका छन्, जसमा एक कर्मचारीले फक्सकनले कम्पनीले वाचा गरेको अनुदान नपाउनका लागि आफ्नो सम्झौता परिवर्तन गरेको भनिरहेका छन् । आफूलाई क्वारेन्टिनमा राखेको तर खानासमेत नदिएको उनले बताइरहेका छन् ।

कर्मचारीले भने, ‘उनीहरुले हाम्रो माग पूरा नगरेसम्म हामी लडाईं जारी राख्नेछौँ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!