काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

Posted on: 30 Jan, 2022

माघ १६, बनेपा | काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताउनुभयो । आजबाट नै सुरु भएको सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उहाँले बताउनुभयो ।

त्यसको लागि घरमा नै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपिलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । भरेको फर्म सिधैँ राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उहाँको भनाइ छ ।

त्यसको लागि बैंकको शाखा पनि नजिकै चाहिने हुनाले शाखा सञ्चालनको व्यवस्थापन गर्ने काम भइरहेकोले केही दिनका लागि बैंकसम्म पुगेर भुक्तानी गर्नुपर्ने अवस्था रहेको जनाएको छ । विद्युतीय राहदानी फर्म भर्नका लागि राष्ट्रिय परिचयपत्र न

यस बिषयमा तपाइको प्रतिक्रिया...!