लप्सी टिप्ने क्रममा रूखबाट लडेर काभ्रेमा ३१ वर्षीय युवकको मृत्यु

Posted on: 15 Nov, 2022

कात्तिक २९ काठमाडौँ | बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ। 

छिमेकीको बारीमा रहेको लप्सीको रूखमा चढी लप्सी टिप्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खोपासी र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!