धर्मराज पोखरेलको 'रुदै धरर' विन्दावासिनी म्युजिक अर्वाडमा छनौट

Posted on: 25 Oct, 2018

चिसाङ शेर्पा | कार्तिक ८, खोटाङ | लोक गायक धर्मराज पोखरेलको उत्कृष्ट लोक दोहोरी गीत रुदै धरर विन्दावासिनी म्युजिक अर्वाडको नवौं संस्करणमा छनौट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको मार्मिक लोकगीत आश्रममा बाउ आमा रुदै धरर बोलको गीत उत्कृष्ट पाँचमा परेको हो ।

विन्दावासिनी म्युजिक अर्वाडले हरेक वर्ष उत्कृष्ट लोकदोहोरी गीत छनौट गर्ने क्रममा यसवर्ष आफ्नो लोक गीत परेको गायक पोखरेलले जानकारी दिए । पछिल्लो समयमा बाउ आमा आफ्ना छोराछोरीवाट अपहेलित हुनु परेको तितो यथार्थ गीतमा समेटिएको छ । गीतलाई गायक पोखरेलले लेखेका हुन् । गीतमा उनलाई गायिका देवी घर्ती मगरले साथ दिइएकी छन् । 

म्युजिक अर्वाडमा छनौट भएको गायक पोखरेलको गीतलाई उत्कृष्ट एक बनाउनका लागि मोवाईलको म्यासेज बक्समा बिएमए लेखी एक स्पेस दिएर १७ ए लेखी ३३००१ मा म्यासेज गर्नुपर्ने हुन्छ । लोक गायक पोखरेलसँगै कर्ण न्यौपानेको आज मोड चल्या छ, नरेश खातीको रुदै, रुदै तिम्रो, एकनारायण भण्डारीको कान्छी ओइ कान्छी र अनिल खनालको एउटा पत्र वोलको गीत म्युजिक अर्वाड लागि छनौट भएका छन् । अर्वाडको नतिजा आगामी मंसिर ७ गते आउनेछ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!