जसपा खोटाङ अध्यक्षसहित १३ जना माओवादी केन्द्र प्रवेश

Posted on: 17 Aug, 2022

भदौ १, काठमाडौँ | जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गत ३० साउनमा जसपा परित्यागको घोषणा गरेका थापासहितका नेता तथा कार्यकर्ता बुधबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

जसपा छाडेका उपाध्यक्ष नविनकिशोर राई, सचिव देवकुमार राई, सचिवालय सदस्य दीपकुमार तामा, प्रवचन राई, मनोज राई, जुलन राईलगायत माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादी केन्द्र प्रवेश गर्नेमा सविन राई, किरण राई, सन्तोष तामाङ, भुवन राई, कर्ण तामाङ र मेखबहादुर तामाङ छन् । थापा लगायतका नेताको जिम्मेवारीका विषयमा भने छलफल भइरहेको छ । 

सशस्त्र विद्रोह, शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै वर्तमान राजनीतिक उपलव्धि, समानुपातिक समावेसी राज्यको नीति स्थापना गर्ने बैचारिक तथा सैद्धान्तिक हिसावले माओवादी केन्द्रमा प्रवेश गरेको विज्ञाप्तिमा उल्लेख छ । समृद्ध समाज निर्माण गर्दै आमुल परिवर्तनको दिशामा अगाडि बढ्ने आन्दोलनमा समाहित भएको थापाले प्रतिक्रीया दिएका छन् । 

केन्द्रमा उपेन्द्र यादव र बाबुराम भट्टराई अलग भएपछि थापासहित ३९ जनाले जसपाबाट अलग भएको घोषणा गरेका थिए । यद्यपी, जसपाले सबै ३९ जनाले पार्टी नछाडेको दाबी गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!