ललितपुरमा एमाले उम्मेदवारको गाडी तोडफोड

Posted on: 10 May, 2022

वैशाख २७, ललितपुर | ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएकाे छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारकाे गाडी तोडफोड भएकाे हाे ।

कांग्रेसका कार्यकतार्ताले गाडी ताेडफाेड गरेकाे उनले जिकिर गरे ।

उनले भने, 'गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।'

खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’

निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए । 

उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको उनले बताए ।

कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!