ललितपुर महानगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले अगाडि

Posted on: 17 May, 2022

जेठ २, काठमाडौं | ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले अगाडि रहेको छ। प्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सात हजार २१७ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् । 

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यले तीन हजार ६७४ मत मत ल्याएकी छन् भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाएका छन् । ललितपुर महानगरपालिकाका ४ वडाको मात्रै गणना सकिएको छ। अन्य वडाको मतगणना जारी रहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!