ललितपुर महानगरमा चिरिबाबुको दोस्रो जित पक्का

Posted on: 24 May, 2022

जेठ १०, काठमाडौँ | ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको जित पक्का भएको छ । महर्जनले ४० हजार ९२८ मत प्राप्त गरेका छन् ।


एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ३ सय २१ मत पाएका छन् । महानगरमा जम्मा ८६ हजार ५४० मत खसेकोमा अब तीन हजार मत गन्न बाँकी छ । तर चिरिबाबु व्यञ्जनकारभन्दा​ १७ हजार ६०७ मतले अगाडि छन् ।  उपमेयरमा भने एमालेकी मन्जली शाक्य वज्राचार्यको जित निश्चित भएको छ । उनले अग्रता पनि फराकिलो छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!