हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई

Posted on: 24 May, 2022

जेठ १०, काठमाडौं | नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्।


काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। ‘मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरिबाबु महर्जनलाई विजय हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’ ब्यञ्जनकारले सामाजिक सञ्जालमा लेखेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!