श्रीमतीलाई मुख छाडेको भन्दै ललितपुरमा खुकुरी प्रहार गरी व्यक्ति हत्या, १ जना पक्राउ

Posted on: 01 Nov, 2022

कात्तिक १५, ललितपुर | ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा खुकुरी प्रहार गरी १ जना व्यक्तिको हत्या आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। 

खोटाङको साकेला गाउँपालिका–१ घर भइ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरामा भाडामा बस्दै आएका ३८ वर्षीय रामचन्द्र राईको हत्या भएको हो। 

महर्जनकै जस्ताको अर्को टहरोमा भाडामा बस्दै आएका साकेला–१ कै ४१ वर्षीय राजेन्द्र राईले उनको हत्या गरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा राजेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ। 

सोमबार बेलुका साढे ७ बजेतिर रामचन्द्रको हत्या भएको पाइएको ललितपुर प्रहरीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए। 

पक्राउ परेका राजेन्द्रले आफूलाई हेपेर बोलेको र श्रीमतीलाई समेत मुख छाडेकाले खुकुरी प्रहार गरी हत्या गरेको भन्दै बयान दिएका प्रहरीले जानकारी दिएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!