लमजुङमा एमाले वडा अध्यक्षको नेतृत्वमा मतदाता कुटिए

Posted on: 13 May, 2022

वैशाख ३०, लमजुङ | बेसिशहरमा रहेको बुथमा एमालेको तर्फका ११ वडा अध्यक्ष अच्युत बगाले थापाको नेतृत्वमा मतदाता कुटिएका छन्। मत हाल्न आएकालाई कांग्रेस कार्यकर्ता भन्दै उनको समूहकाले कुटेका हुन्।

एकाएक मतदाताको सङ्ख्या बढेपछि उनीहरूले मतदान केन्द्रमा प्रवेश गर्न अवरोध गरेपछि विवाद भएको थियो।


विवादका क्रममा धकेला धकेल सुरु भएपछि उनीहरू कुटपिटमा उत्रिएका थिए। सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन नसकेपछि बुथमा सेना आएपछि अवस्था साम्य भएको थियो। अहिले मतदान शुरु भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!