जेलबाट रिहा भएको १ महिनामा भतिजाले गरे काकाको हत्या

Posted on: 22 Jul, 2022

साउन ६, महोत्तरी | महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन् । पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या गरेको अनुसन्धानबाट थाहा भएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए । एसपीका अनुसार रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका हुन् । हत्यामा प्रयोग भएको कोदालो प्रहरीले बरामद गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!