अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौंको क्षति

Posted on: 28 Dec, 2021

पुस १३, काठमाडौँ | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मंगल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन्।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन्। पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!