पोखरीमा मृतावस्थामा फेला

Posted on: 04 Jan, 2022

पुस १९, जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–२ बाट हराइरहेका ५४ वर्षीय विजयकुमार यादव मृतावस्थामा भेटिएका छन् । उनी गत आइतबारदेखि हराएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यादव आज डुबेका अवस्थामा भेटिएका हुन्  । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धानसमेत भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!