महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्यो, दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गरिने

Posted on: 18 Mar, 2022

विशाल बस्नेत । चैत ४, महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६-११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिए ।

छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन ।

विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!