महोत्तरीमा बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु

Posted on: 03 Aug, 2022

साउन १८, महोत्तरी | महोत्तरीको गौशाला नगरपालिका–१ सुर्ती विकासचोकमा आज बिहान बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ । छोरा घाइते भएका छन् । 

गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

माइस्थानबाट गौशालातर्फ आउँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले आज बिहान पौने ८ बजे बिपरित दिशाबाट जाँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!