असार १९, महोत्तरी । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको
Read Moreअसार १७, बर्दिवास । छोरी शिक्षालाई प्रोत्साहन गर्न र महिला सशक्तीकरणको पाटोलाई शिक्षासँग जोड्न महोत्तरी जिल्लाका दुई स्थानीय तहले ५०० बढी छात्रालाई साइकल वितरण गरेका छन् । जिल्लाका लोहारपट्टी नगरपालिका र सम्सी गाउँपालिकाले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको प्रवद्र्धन गर्न आफ्नो
Read Moreअसार १६, महोतरी | महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी
Read Moreअसार १३, महोत्तरी | महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर (कुट्टी) बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति
Read Moreअसार १२, बर्दिवास । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आपूmलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो ।&n
Read Moreअसार ११, जनकपुरधाम । प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षा
Read Moreअसार १०, गौशाला । गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । अत्यधिक गर्मीका कारण सर्प बाहिर
Read Moreअसार १०, गौशाला (रासस) | महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्
Read Moreअसार ९, महोत्तरी । नगरपरिषद्को पूर्वसन्ध्यामा रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आज नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो । आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना त
Read Moreअसार ९, महोत्तरी । महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल
Read Moreअसार ८, काठमाडौँ | भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३ लाख लिएर फरार भएकी महोत्तरी औरी नगरपालिका-३ निवासी २१ वर्षीया डायन सेकेन्ड प्रहरीको फन्दामा परेकी छन् । भारतीय व्यापारीलाई तीन महिना अघि फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएर उनले ठग्ने तयारी गरेको प्रहरी अनुसन्धानबाट खुलाशा भएको
Read Moreअसार ८, महोत्तरी । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा गए राति तोडफोड भएको छ । गए राति उपप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो ।
Read Moreअसार ६ बर्दिवास । महोत्तरी जिल्लाका बस्ती–बस्तीमा वन्यजन्तुको हर्कत (ओ¥याँइ) ले सर्वसाधारण आजित भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा हात्ती र दक्षिणी क्षेत्रमा बँदेल र नीलगाईको हर्कतले सर्वसाधारण आजित भएका हुन् । बस्ती पसेका जङ्गली हात्तीको समूहले पछिल्लो एक साताभित्रै बर्दिवास नगर
Read Moreअसार ६, गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गए राति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् । गौशाला नपा–१० भरतपुर बस्ने विष्णुकुमार श्रेष्ठको घरमा गए राति अन्दाजी एक बजेतिर ८/१० जनाको अज्ञात हतियारधारी समूहले श्रेष्ठको घरमा पसी चोरी गर्न लागेको अवस्थामा घरधनी श्रेष्ठकी
Read Moreअसार १, जनकपुरधाम । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार आय र व्यय (बजेट) को अनुमान आज प्रदेशसभामा प्रस्तुत गर्नुभयो । बजेटमा गरीब, अतिविपन्न अल्पसङ्ख्यक समुदायको संरक्षण, कृषि क्षेत्रको विकासका लागि
Read Moreअसार १ बर्दिवास । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी
Read Moreजेठ २९, काठमाडौं । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ । गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले
Read Moreजेठ २८, बर्दिवास । पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र (पिच) उप्केर ठूलठूला भ्वाङ परेको हो । काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवा
Read Moreजेठ २७, गौशाला । संजीत कुमार मण्डल, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१ मा ५० वर्र्षदेखि बसोबास गर्दै आएका रामबहादुर पाख्रिन अहिले घरबारविहीन हुने भयले रातदिन चिन्तामा डुबेका छन् । रामबहादुर पाख्रिनका बुबा भक्तबहादुर पाख्रिनले सिन्धुलीबाट बसाइँ सरेर २०२६ सालमा महोत्तरीको बर्दिबासमा आएर बसोब
Read Moreजेठ २४, गौशाला । महोत्तरी जिल्लाको सुकुम्वासी बस्तीमा जङ्गली हात्तीको समूहले आधा दर्जन घर भत्काएका छन् । बर्दिबास नगरपालिका–८ स्थित सुकुम्वासी बस्तीमा जङ्गलबाट सात÷आठ वटाको सङ्ख्यामा आएको हात्तीले स्थानीयवासी विक्रम महतो, शान्ति महतो, भरत महतो, पदम भुजेल, सञ्जीव कापर र राधे विकको घर भत्काएको महोत्तर
Read Moreगोपालप्रसाद बराल | जेठ २४, बर्दिवास (रासस) : बलौटे जग्गा भएर के भयो र ! महोत्तरीको भङ्गाहा नगरपालिका–६ को पर्सा र सग्रामपुरका किसानको मिहिनेतले २०५ बिघा बलौटे जग्गामै फलपूलका बिरुवा लहलहाएका छन्, तरकारी बाली फस्टाएको छ । त्यसैगरी, भङ्गाहा–७ का भूमिहीन दलितले पनि पछिल्ला चार वर्षयता बगरको पर्ति ऐलानी
Read Moreजेठ २१ बर्दिवास । महोत्तरीसहित मिथिला क्षेत्रमा विवाहित महिलाले बरसाइत (वटसावित्री) पर्व मनाएका छन् । जेठ कृष्ण औंशीका दिन सोमबार अटल सौभाग्यको कामना गर्दै ब्रत बसेका विवाहित मिथिलाका महिलाले आज बिहान सूर्योदयपछि यो पर्व साङ्गता (समापन) गरेका हुन् । सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साध
Read Moreजेठ १९, बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको हो । अतिक्रमित जग्गाको मूल्य अहिलेको चलनचल
Read Moreजेठ १८ बर्दिवास । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासको नयाँ मोडल प्रदेश नं २ बाट शुरु हुने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज रेडियो नेपालको प्रदेश नं २ को प्रादेशिक प्रसारण सेवा शुभारम्भ तथा भवन शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश नं २ लाई उच्चतम
Read Moreजेठ १७, धनुषा । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आइतबार ल्याउने तयारी गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमु ख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रमबारे आज जानकारी गराउनुभएको हो । चालू आर्थिक वर्षमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदे
Read Moreजेठ १७, गौशाला । दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ । आयोग लडेर नयाँ शिक्षकका रुपमा हाजिर हुन आएका शिक्षक दिनेश दासलाई दलित भएकै कारण प्रधानाध्यापक मनोज ठाकुरले हा
Read Moreजेठ १७, गौशाला । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य र
Read Moreजेठ १६, गौशाला । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो विद्याल
Read More