फरार अभियुक्त कक्षा १२ को परीक्षा दिँदै गर्दा पक्राउ

Posted on: 12 May, 2023

वैशाख २९, हेटौँडा |  कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् ।

मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले बताए ।

यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो । पक्राउ परेका यादवलाई मकवानपुर प्रहरीले रौतहट पठाएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!