आमा बनिन् नायिका प्रियंका कार्की

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्।

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन्। नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!