नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्रयास गरेका थिए। 

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए। घर्तीले श्रीपेच राखेको कोठामा खुकुरी निकालेर उक्त सीसा फोड्ने प्रयास गरेका थिए।  

‘राजा बन्छु’भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक  सिंहको भनाइ छ। घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!