हेटौँडामा सिमेन्ट उद्योग सफाइ गर्ने क्रममा एक युवकको मृत्यु

Posted on: 17 Mar, 2022

चैत ३, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकामा अस्पतालले उनलाई बिहान ८:३० बजे मृत घोषणा गरेको हो ।प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएकोे छ । शव परीक्षणका लागि अहिले उक्त अस्पतालको शवगृहमा राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!