दुई स्थानबाट 'युरेनियम' जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ

Posted on: 20 Jul, 2022

साउन ४, मोरङ्ग | युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९  स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको हो । 

यस्तै विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित दुध फारमबाट पनि ९७८.६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटलबाट ८ जना र दुध फारामबाट ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा धनपालथानको शिव शंकर पासवान, प्रदीप पुरी, लक्ष्मण शर्मा, मुकेश कुमार साह,  कटहरीको दिलिप कुमार शर्मा,  विराटनगरको फटिक कुमार कार्की, सोलुखुम्बुको गोपाल मगर, खोटाङको किरन राई रहेका छन् । 

यस्तै फारामबाट पक्राउ परेकामा गोरखाको जीवन गुरुङ, महोत्तरीको अब्दुल गनी खान, मोरङको रबिन्द्र गच्छेदार, चन्दन कुमार महतो, मकवानपुरको दिपक बहादुर भ्लोन, महोत्तरीको उमेश प्रसाद यादव र सिन्धुलीको श्याम घिमिरे रहेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!