यसपटक पनि घस्रिए मेयर

Posted on: 10 Nov, 2021

कात्तिक २४, विराटनगर | विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पूजाका लागि सिंघिया घाटसम्म सडकमा घस्रेर दण्ड प्रणाम यात्रा गरेका छन् । हिजोदेखि व्रत बसेका पराजुलीले यस बर्षको छठमा घिस्रिदै यात्रा गरेका हुन् । सडकमा दण्ड प्रणाम गर्दै उनले यात्रा गरेको यो सँगै १८ पटक भएको छ । उनी २० वर्षदेखि छठको व्रत बस्दै आएका छन् ।

उनले विराटनगर तीन ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा रहेको पूजास्थलसम्म करिब साढे तीन किलोमिटर दण्ड प्रणाम यात्रा गरेको बताए । गत बर्ष पाँच घन्टा लगाएर यात्रा गरेको मेयर पराजुलीको भनाइ छ । पराजुलीसँगै उनका भतिज प्रमेशले पनि दण्ड प्रणाम यात्रा गरेका छन् । उनले ६ बर्षदेखि निरन्तर काकासँगै घस्रिएर दण्ड प्रणाम यात्रा गरिरहेका छन् । 


कोरोनाबाट संसारलाई मुक्त गराउनका लागि यात्रा गरेको उनले बताएका छन् । उनले भने, 'लोककल्याण र शान्तिको कामना गर्दै मैले दण्ड प्रणाम यात्रा गरेको हुँ । यो पटकको मेरो यात्रा अन्तिम हो ।'  

यस बिषयमा तपाइको प्रतिक्रिया...!