एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिन्छु- प्रचण्ड

Posted on: 13 Mar, 2022

फागुन २९, विराटनगर । आइतबार प्रदेश नं. १ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन हुन नसके राजीनामा दिने बताएका छन् । 

पार्टीभित्र विवादमा परेको एमसीसीबारे छलफल गर्न माओवादीले जेठ २० गतेको लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

‘एमसीसीको बारेमा हाम्रो विवाद बहस लामो समय चल्यो । सार्वभौम प्रतिनिधि सभाले पारित गरिसकेपछि एउटा सोलुसन निस्केको छ । हामीले स्थानीय तहको चुनावपछि यसबारे निर्णय गर्ने भनेका छौं,’ प्रचण्डले भने ।

। 

एमालेतर्फ इङ्गित गर्दै प्रचण्डले भनेका छन्, ‘विघटनकारी शक्ति अझै त्यही बाटोमा छ, आउँदो चुनाव विघटनकारी र प्रतिगमनकारी र प्रगतिवादी शक्तिबीचको प्रतिस्पर्धा हो।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!