विराटनगरको मेयरमा नागेश कोइराला ४ हजार ९ सय १९ मतले अघि

Posted on: 19 May, 2022

जेठ ५, विराटनगर | विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै रहेको छ । कोइराला निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाभन्दा ४ हजार ९ सय १९ मतले अघि रहेका छन् ।

हालसम्म कोइरालाले १९ हजार ६ सय २८ मत ल्याएका छन् भने एमालेका सागरकुमार थापाले  १४ हजार ७ सय ९ मत ल्याएका छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ६ हजार २ सय ५१ मत ल्याएका छन् भने  राप्रपाको उम्मेदवार प्रह्लादप्रसाद शाह हलुवाईले ३ हजार ७ सय ८१ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरतर्र्फ एमालेकी शिल्पा कार्कीको अग्रता रहेको छ । उनले १६ हजार ९ सय ९४ मत ल्याएकी छन् | उनको प्रतिस्पर्धीहरु जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १० हजार २७ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी विन्दाकुमारी लुइटेल आचार्यले ४ हजार ५ सय ९१ मत ल्याएकी छन् | स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार ५ सय ८८ मत प्राप्त गरेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!