९४ वर्षका दुई जनाले जिते यसपालिको चुनाव

Posted on: 24 May, 2022

जेठ १०, काठमाडौं | महोत्तरी र मोरङमा वडा सदस्यमा ९४ वर्षका दुई जना उम्मेदवार वडा सदस्यमा विजयी भएका छन्। 

महोत्तरीको बलवा नगरपालिका ९४ वर्षीय जीबछ नदाफ वडा नम्बर १ को सदस्यमा विजयी भएका हुन्। उनले ५ सय ७४ मत ल्याएका छन्। उनले नेकपा एमालेका बजरंगी महतो कोइरीलाई दुई सय ११ मतले पराजित गरेका हुन्। कोइरीले ३६३ मत प्राप्त गरेका थिए। 


मोरङको जहदा गाउँपालिकामा ९४ वर्षीय सूर्यनारायण मण्डल पनि वडा नम्बर ७ को सदस्यमा विजयी भएका हुन्। उनले ९ सय ३० मत ल्याएका छन्। उनले माओवादी केन्द्रका लिलानन्‍द ठाकुरलाई ४ सय ४४ मतले पराजित गरेका हुन्। ठाकुरले ४ सय ८६ मत प्राप्त गरेका थिए।  

उनीहरू दुबै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। निर्वाचन आयोगका अनुसार यसपालिको चुनावमा जित हात पार्ने सबैभन्दा बढी उमेरका उम्मेदवार यिनै दुई जना हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!