विराटनगरको नोबेल मेडिकल कलेज तनावग्रस्त

Posted on: 09 Jan, 2022

पुस २५, काठमाडौँ | विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि तनाव सिर्जना भएको हो।

केही विद्यार्थी घाइतेसमेत भएका छन्। विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेल कलेजमा तोडफोड गरेका हुन्।

अहिले नोबेल परिसर तनावग्रस्त बनेको छ। नोबेलले गत बिहीबार स्थानीय प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो। तर आज पनि थोरै विद्यार्थी राखेर कक्षा चलाएपछि फेरि तनाव उत्पन्न भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!