सांसदले ठेक्का लिएको सडक नै अलपत्र

Posted on: 08 Nov, 2020

दान बहादुर बुढा | कार्तिक २३, मुगु | देशको कानुन र बिकास गर्ने जनताका जनप्रतिनिधी सांसदले नै ठेक्का लिएको कर्णाली राजमार्गको नाग्म–गमगढी राजमार्ग निर्माण कार्य लामो समय देखी अलपत्र छ |

सांसद लामा र नन्दलाल श्रेष्ठको हिमदुङ एण्ड थोकर र हिरा एण्ड नमिता जेभीले पाँच वर्षअघि नै सो सडक निर्माण ठेक्का लिएको थियो । नुवाकोटका लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक कोटाका सांसदले लिएको सडक निमार्ण हाल सम्म निमार्ण नभए पछि कालो सुचिमा राख्र्ने तयारी भएको छ | कर्णाली राजमार्गको ९३ किलो मिटर मध्ये पहिलो खण्डमा रहेको १३ किलो मिटरमा प्रतिनिधिसभा सांसद बहादुरसिंह लामाकै निर्माण फर्मबाट काम थालिएको थियो | तर, ठेक्का सम्झौता भएको लामो समय सम्म काम नहुदा सडक निर्माण अलपत्र परेको छ ।


सडक निमार्ण हुन्छ सहजै रुपमा सडकको सुबिधा लिने आसामा रहेका कर्णाली बासी सडक निमाण नहुदा सास्ती भोकीरहेका छन । ठेक्का लिएको अण्डको केही भागमा मात्र काम भएको छ अन्य भागमा काम नहुदा सास्ती भोग्नु परेको स्थानीयले  बताएका छन् |

सडक डिभिजन जुम्लाका अनुसार सांसद लामाको फर्मले १३ किलोमिटर सडकमा सडक चौडा ,ग्राभेल, कल्भट, कजवे, ग्याविन, मेशिनरी टेवा पर्खालको काम गर्नेगरी ठेक्का लिएको थियो तर अहिले सम्म ६ किलो मिटर सडक अलपत्र अवस्थामै रहेको छ |

सडक कार्यालय जुम्लाका कार्यलय  प्रमुख एवम् डिभिजनल इञ्जिनियर लीलाबहादुर भण्डारीले तिहार अगावै काम सम्पन्न नगरे सांसद लामाको फर्मलाई कालोसूचीमा राख्ने बताएका छन | पाँच वर्ष अघि देखि नै काम थाले जस्तो गरेपनि सडक तयार नभए पछि राजमार्ग वरपरका स्थानीय बासी सहित जुम्लाका प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महत सहितको टोलीले सिञ्जा राजमार्गमा काम ढिलाई हुनुको कारण र चुनौतिबारे डिभिजनमा सड्क पुगेर जानकारी लिएका हुन ।  


सडक डिभिजनमा सडक कार्यालयले सांसदले नै ठेक्का लिएकाले काम गराउन कठिन भएको जवाफ दिएको थियो ।चौतर्फी दबाब आएपछि कार्यालयले कालोसूचीमै राख्नेर पत्रिकामा नाम छाप्ने चेतावनी दिएपछि अहिले सांसद लामा संलग्न सो संयुक्त उपक्रम कम्पनीले सडक निमार्णको काम अघि बढाउने प्रतिबद्धता जनाएको सरोकारवाला निकायले बताएका छन ।

यो सडक बनाउने गरी ठेक्का नम्बर १२ अन्तर्गत पर्ने सो खण्डको ठेक्का सम्झौता २०७२ माघ ८ गते भएको थियो। निर्माण अवधि २०७५ पुष ७ गतेसम्मका लागि तोकिएको थियो। दोस्रो पटक २०७६ साउन १० गते सम्झौता भएर २०७७ जेठ ३० गतेसम्म अवधि निर्माण अवधि थपिएपनि काम अहिले सम्म सुस्त गतिमाभएको छ |


सडक निमार्णको लागी लामाको फर्ममा सम्झौता भएको रकम १० करोड १३ लाख आठ हजार १३० रुपैयाँ ५५ पैसामध्ये सात करोड ९६ लाख १२ हजार २७६ रुपैयाँ २६ पैसा भुक्तानी लिइसकेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ |

नेकपाका प्रदेश कमिटी सदस्य तथा सिञ्जावासी पूर्ण प्रसाद धितालले भर्ने सडक बनाउन  जिम्मा लिएको फर्मले अहिले सम्मकाम गरेको छैन यस्था काम नगर्ने  निर्माण व्यवसायीलाई कानूनी दायरमा ल्याउनुपर्ने बताए छन । उनले राजमार्ग निर्माणमा तीव्रता दिन कार्यालयलाई पटक पटक अनुरोध गरेका पनि बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!