भारतीय विस्तारवादको बिरुद्धमा मुगुमा पनि प्रदर्शन

Posted on: 08 Nov, 2019

दान बहादुर बुढा | कार्तिक २२, मुगु | भारत सरकारले हालै सार्वजनिक गरेको राजनैतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको बिरोधमा बिहिबार मुगुमा प्रदर्शन गरिएको छ | जिल्लाको रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत बिरुद्ध नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गरि विरोध प्रर्दशन गरिएको हो |


पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भुभाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देवस हामी मर्न पनि तयार छौ । रारा क्याम्पस स्वतन्त्र विद्याथी युनियनका सभापती चन्द्र प्रकाश मल्लले बताउनु भयो ।


कालापानी,लिपुलेख मात्र हाईन नेपालको साविकको नक्शा नै विग्रने गरि भारत र चिनले मिचेका नेपालका अन्य भुभागको समेत कुटनीतिक पहलबाट आफ्नी भुमि फिर्ता ल्याउन आन्दोलनरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन ।


विरोध ¥यालीमा सहभागीहरु नेपाली भुभाग फिर्ता गर,सिमा मिच्न पाइदैन, यस्तो छिमेकी चाहिदैन,गोर्खालीका सन्तान हौ,पछि हामी हटदैनौ,अघि बढ सरकार, हामीहामी साथमा छौ | जस्ता नारा लगाउदै र प्ले कार्ड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक,मेयर चोक अदालत चोक हुदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरिएको थियो । प्रर्दशनमा नेपाल विद्यार्थी संघ अनेराजसेव्बियु विद्यार्थी कार्यकर्ता र स्वतन्त्र युवाहरुको सहभागिता थियो |


यस बिषयमा तपाइको प्रतिक्रिया...!