दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २० घाइते

Posted on: 26 May, 2022

जेठ १२, दैलेख | दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय ज्ञान बहादुर बम र कालीकोटकै पचालझरना गाँउपालिका–३ कि ६० वर्षीया धनकला शाही रहेकी छिन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी धनकलाको उपचारको क्रममा र बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका २० जना यात्रुलाई उपचारको लागी सुर्खेत स्थित प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ । 

मुगुबाट नेपालगञ्जतर्फ आउदै गरेको म १ ख ६६० नम्बरको बस हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । बस चालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!