मुटु शिविरमा मुगुका आठ सय जनाको निःशुल्क सेवा

Posted on: 29 May, 2022

जेठ १५, मुगु | जिल्ला अस्पताल मुगुमा आयोजना भएको दुई दिने मुटु रोग सम्बन्धि स्वास्थ्य शिविरमा आठ सय जनाले सेवा लिएका छन् । शुक्रबार र शनिबार सञ्चालन भएको शिविरमा मुगु जिल्लाभर बाट आठ सय जनाले सेवा लिएका हुन् ।  

मानव अधिकार तथा वातावरण विकास केन्द्रले व्याक टु लाइफको आर्थिक सहयोगमा  शिविर सञ्चालन भएको हो । शिविरमा गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ डाक्टरको उपस्थितमा निःशुल्क शिविर सञ्चालन गरिएको थियो । संस्थाले  जिल्लाका मुटुरोगीका  बिरामीलाई लक्षित गरि यो शिविर आयोजना गरिएको बताए । 

शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणि अधिकारिको नेतृत्वमा सातजना डाक्टर र चार जना प्राविधिकहरु सहित  ११ जनाको टोलिले शिविरमा मुटुरोगको परीक्षण र औषधिसमेत निःशुल्क उपलब्ध गरिएको रोकायाको भनाइ छ ।

संस्थाले खत्याड गाउँपालिकाको रातापनिमा यहि जेठ १७ र १८ गते त्यसैगरि सोरुगाउँ पालिकामा जेठ २१ , २२, २३ गते मुगमकार्मारोङ गाउँपालिकाको पुलुमा गत वर्षको शिविरमा सल्यक्रिया गर्नुपर्ने १० जना बिरामीलाई पनि जेठ २६ र २७ गते जिल्ला अस्पताल मुगुमा सल्यक्रिया  सञ्चालन हुने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!