हराएको विमान खोज्न त्रिभुवन विमानस्थलबाट उड्यो सेनाको हेलिकप्टर

Posted on: 29 May, 2022

जेठ १५, पोखरा | तारा एयरको विमान सम्पर्कविहिन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केहीबेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो ।

सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन ।


मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ । सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाइएको हो । होलिकप्टरमा उद्दार उपकरण र आवश्यक बन्दोबस्तीका सामानहरु पनि लगिएको छ ।

पोखराबाट उडेर बेपत्ता भएको तारा एयरको जहाजमा चालक दल तीन सदस्यसहित १६ नेपाली, चार भारतीय र दुई जर्मनी छन् । 

जहाजमा चालक दलका क्याप्टेन प्रभाकर घिमिरे, उत्सव पोखरेल, उयर होस्टेज क्रिष्टी थापा तथा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङ सवार छन् ।  यसैगरी  बान्देकर वैसवी, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी,  मेइक ग्रीटग्राफ र वी विलनर पनि जहाजमा सवार रहेका खुलेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!