म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

Posted on: 30 May, 2022

जेठ १६, म्याग्दी | म्याग्दीका ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ । 

दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका–४ कजनिया भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!