नवलपरासी बस दुर्घटनामा परि ५ जनाको मृत्यु, २८ जना घाइते

Posted on: 30 Oct, 2022

कात्तिक १३, नवलपुर । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको यात्रुबहाक बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 

दुर्घटनामा परि मृत्यु हुनेहरुमा रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा र स्याङजाको गल्याङ नगरपालिका–९ की ४५ वर्षीय फुलमाया विक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल भीरमा अड्किएको छ । घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरेर नारायणी सामुदायिक अस्पताल पठाएका छन् । 


तस्बिर सौजन्य: पत्रकार प्रकाश ज्ञवाली

यस बिषयमा तपाइको प्रतिक्रिया...!