नवलपरासीमा कुखुरा वितरण

Posted on: 29 Mar, 2019

रबिन्द्र यादव | चैत १५, नवलपरासी पश्चिम | आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा गर्भवती र सुत्केरीलाई बिहीबार कुखुरा वितरण सुरु गरिएको छ । 

गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको पशु शाखा कि प्रमुख चन्द्रमाया फुजाँलले बताइन् । गाउँपालिकाको बहु क्षेत्रिय पोषण योजना अन्तर्गत ४ वडामा कुखुरा वितरण गरिएको शाखाका विजय खनालले बताए । 

अति विपन्न, गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी आमालाई कुखुरा वितरण अभियान सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ मा गर्भवती र सुत्केरी गरी एक सय साठी घरमा कुखुरा वितरण गरेको हो । 

 सुत्केरी, गर्भवती र २ वर्ष मुनिका वालवालिकाको पोषणमा सुधार ल्याउनका लागि अण्डा खुवाउन कुखुराको चल्ला वितरण गरिएको फुजाँलले बताइन । कार्यक्रम अन्तर्गत ६ महिनासम्म बच्चालाई आमाको दूधमात्र खुवाउने ६ महिनापछि अन्न, सागपात, पशुजन्य खानेकुरा र गेडागुडी पनि खुवाउनुपर्ने जस्ता पोषणका बारेमा समेत जानकारी गराइएको छ । 

गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी आमालाई प्रतिपरिवार गिरिराज जातको कुखुरा वितरण गरिएको हो । वितरण गरिएका कुखुराले तीन महिनाभित्रमा अण्डा उत्पादन दिने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!