वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै

Posted on: 16 Jan, 2022

माघ २, कावासोती | वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ । घाँसे मैदान क्षेत्रका बुट्यान, पुराना खरघारीलगायत मिचाहा प्रजातिका झारलाई हटाउन थालिएको वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । घाँसे मैदान व्यवस्थापनका लागि कावासोती नगरपालिकाले उपकरण अनुदानमा सहयोग गरेको हो । घाँसे मैदान व्यवस्थापन गरे वन्यजन्तु बस्तीतर्फ आउनबाट रोकिने र बालीनालीमा हुने  क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष महतोले बताउनुभयो ।  गैँडा, मृग, चित्तललगायतका वन्यजन्तुलाई चरन क्षेत्र निर्माणका लागि घाँसे मैदान व्यवस्थापन गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा  पस्न थालेपछि वन क्षेत्रभित्रनै घाँसे मैदानको व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो ।  उचित चरनको बासस्थानको अभावमा वन्यजन्तु मध्यवर्ती आसपासका बस्तीमा परेर जनधनको क्षति पु¥याउने गर्दा यहाँका बासिन्दा  त्रासमा बस्नुपर्ने अवस्था छ ।

‘वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन, वनभित्र नै उपयुक्त बासस्थान होस् भनेर घाँसे मैदान व्यवस्थापन गरिरहेका छौं’ गुन्द्रही वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । घाँसे  मैदानका कारण गैँडा,मृग, हरिणलगायतका वन्यजन्तुलाई आहाराका लागि सहज हुने उहाँले बताउनुभयो । 

घाँसे  मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । घाँसे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान र चरन क्षेत्र बन्ने र जिप सफारी, हात्ती सफारीमा आउने पर्यटकले यस क्षेत्रमा सहज रुपमा वन्यजन्तु अवलोकन गर्नसक्ने अध्यक्ष महतोले बताउनुभयो । घाँसे  मैदानसँगै गुन्द्रही ढकाहा  मध्यवर्ती सामुदायिक वनले सीमसार क्षेत्रकोसमेत व्यवस्थापन गर्दै आइरहेको छ । यस क्षेत्रमा गैँडा, मृग, हरिण, चराचुरुङ्गीलगायतको सङ्ख्यामासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । सहसचिव लम्साल नेतृत्वको टोलीले काबुलस्थित संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिलाई मानवीय सहायता सामग्री आजै हस्तान्तरण गरेर स्वदेश फर्कने कार्यक्रम छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!