नेपाल प्रहरीको कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

Posted on: 05 Apr, 2022

चैत्र २२, नवलपरासी (पश्चिम) | नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा मंगलबार सोही महाविद्यालयमा दिक्षान्त समारोह सम्पन्न गरिएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग उनले निर्देशन दिएका थिए । 

समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १०४ जनाको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!