पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने

Posted on: 07 Sep, 2022

भदौ २२, काठमाडौँ | अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ ।


अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । त्यसविरुद्ध पलले उच्च अदालतमा जाने तयारी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!