पाल्पामा आगो ताप्दा जलेर महिलाको मृत्यु

Posted on: 10 Feb, 2022

माघ २७, पाल्पा । बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताउनुभयो । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!