बिहेमा नाच्दा गयो ज्यान !

Posted on: 13 Feb, 2022

फागुन १, पाल्पा । पाल्पाको माथागढी–७, रहबास मौलाथर बस्ने  एक  पुरुषको  नाच्ने  क्रममा  लडेर  मृत्यु  भएको  छ ।

शुक्रबार  साँझ  स्थानीय  धनुवा  टोलका  कृष्ण  रानाको  छोरीको बिहेमा गएका माथागढी–७, मौलाथरका ४० वर्षीय टलराज नेपालीको  भोज  खाएर  नाच्ने  क्रममा  आफैँ  लडेर  मृत्यु  भएको प्रहरीले जनाएको छ ।

नाच्ने  स्थानबाट  सात  मिटर  तल  खसेर  घाइते भएका  नेपालीलाई  नजिकैको  घरमा  सुताएर  राखिएको थियो ।

यद्यपि  शनिबार  बिहान  उनी  सुतेको  स्थानमै  मृत भेटिएको  जिल्ला  प्रहरी  कार्यालय  पाल्पाका  प्रहरी  नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!