पाल्पा बस दुर्घटनाका मृतक ६ जनाको सनाखत

Posted on: 25 Jul, 2022

साउन ९, पाल्पा | आइतबार बेलुका बाग्लुङ्गको बुर्तिवाङ्गबाट बुटवल जाँदै गरेको लु १ ख ५९५२ बस पाल्पाको रिब्दिकोट गाउँपालिका: २ लघुवामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्युहुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मीका ४० वर्षीय लाल बहादुर राना कुमाल,रुपन्देहीकी ८७ वर्षीय डिलसरी कामी, कपिलबस्तुका ४५ वर्षीय यज्ञ बहादुर सोमै,नवलपरासीकी २४ वर्षीय पूर्णिमा कामी र बागलुङका १० की ५५ वर्षीय यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचनाअधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । घाइतेहरूको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!