१४ वर्षीय बालकद्वारा चिर्पट प्रहार गरी बाबुको हत्या

Posted on: 28 Aug, 2022

भदौ १२, काठमाडौं | छोरोले चिर्पट दाउरा प्रहार गर्दा पाल्पामा बाबुको मृत्यु भएको छ ।  

पाल्पा जिल्लाको माथा गढी गाउँपालिका वार्ड नम्बर ४ नेटामा सामान्य विवाद हुँदा आज बिहान छोरोले बाबुलाई चिर्पट दाउरा प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार १४ वर्षका बालकले सामान्य झैँ झगडा हुँदा आफ्नो बुवा ४५ वर्षका तिल बहादुर दिसालाई चिर्पट दाउरा प्रहार गरेका थिए। उनको घटनास्थलमा नै मृत्यु भएको हो। 

प्रहरीले चिर्पट दाउरा प्रहार गर्ने  बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ, भने शवलाई  पोस्टमार्टम लागि जिल्ला अस्पताल पाल्पा पठाएको जिल्ला प्रहरीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!